Logo

प्रमुख समाचार

केही बुद्धिजीवी देख्दा शरम लाग्छ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओली बुद्धिजीवीप्रति फेरि असहिष्णु देखिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै ओलीले बुद्धिजीवीप्रति पुनः तुस पोखेका हुन् ।

“मैले केही आफूलाई विद्वान भन्नेले बोलेको सुनेको छु । बोलेको सुन्दा शरम लाग्छ । संस्कृतिको रक्षा भन्ने शब्द बोलेको हुन्छ तर त्यहाँ अमर्यादा, अभद्रता, सांस्कृतिको मूल्यको अभाव देखिन्छ । मेरो आग्रह यत्तिमात्रै हो- समाजमा ममात्रै बाँच्नुपर्ने होइन । मैलेमात्रै भविष्य र परिणाम बेहोर्नुपर्ने होइन । हामी सबै परिवारमा समाजमा बाँच्नुपर्छ । आफ्ना कुरा भनौँ । र, मर्यादित बनौँ ।”

यसअघि पनि प्रधानमन्त्री ओलीले बुद्धिजीवीलाई कोट काट्ने मुसा, फोर सीआदि उपमा दिँदै थला बसाल्ने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार १६:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।