Logo

गण्डकी प्रदेश

मणिपाल अस्पताल परिसरमै डाक्टरको गाडीको ठक्करबाट बालकको ज्यान गयो



पोखराको मणिपाल शिक्षण अस्पतालमा गाडीले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । सोही अस्पतालमा कार्यरत डाक्टर विश्वदीप तिमिल्सिनाले चलाएको गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका २८ माझठाना घर भ​एका ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको हो । डाक्टर तिमिल्सिनाले चलाएको ग ३ च ४३६ नम्बरको गाडीले बालकलाई अस्पताल परिसरमा नै ठक्कर दिएको थियो ।

बालक आफ्ना बुबाआमासँग विहान ८ बजे पोखरा रानीपौवाबाट मनिपाल अस्पतालमा उपचाररत आफ्नी हजुरआमा भेट्न अस्पताल पुगेका थिए ।बिरामीलाई भेटेर फर्कने क्रममा बालकलाई अस्पताल परिसरको छेउमा उभ्याएर बाबु पार्किङ्गमा राखेको मोटरसाइकल लिन जाँदा बालकलाई गाडीले किचेको थियो ।बालकको शव मणिपाल अस्पतालमा राखिएको छ ।

लापर्वाहीपूर्वक गाडी चलाएर बालकलाई ठक्कर दिएको आरोप लगाउँदै बालकका आफन्तले डाक्टरलाई तत्काल कारबाही गर्न माग गरेका छन । अहिले अस्पतालमा तनावको अवस्था सिर्जना भएको छ । आफन्तले गैरजिम्मेवार चालकलाई कडा कारबाही नभएसम्म मृतक बालकको शव नबुझ्ने बताएका छन्।

रुखबाट खस्दा पोखरामा एकजनाको मृत्यु

पोखरा महानगरपालिका २१ कृष्ती एक व्यक्ती रुखबाट मृत्यु भएको छ ।पोखरा २१ कृष्तीका ५२ बर्षिय शिव प्रसाद सुवेदी घर नजिकै घाँस काट्न रुखमा चढेका बेला खसि घाईते भएका थिए ।

उनको उपचारको लागि मेट्रोसिटि अस्पताल पोखरा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।उक्त स्थानमा प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान गरी रहेको जनाको छ ।

 

प्रकाशित मिति : ७ असार २०७६, शनिबार १६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।