Logo

गण्डकी प्रदेश

पोखरामा शंकास्पद वस्तु फेला, सेनाको बम डिस्पोजल टोलीद्वारा डिस्पोज



पोखराको व्यस्त बजार चिप्लेढुंगामा रहेको फेवा ऐग्रिकल्चर प्रालिमा सोमबार शंकास्पद वस्तु भेटिएपछि मानिसहरूमा त्रास फैलिएको छ । चिप्लेढुंगाको मण्डी भनेर चिनिने उक्त स्थानमा साँझ पाँच बजेको झोलामा शंकास्पद वस्तु भेटिएपछि व्यवसायी र ग्राहकलाई प्रहरीले हटाएको थियो ।

करिब तीन घण्टा मण्डीमा तरकारी तथा फलफूलको कारोबार बन्द भएको थियो । सेनाको बम डिस्पोजल टोलीले सर्च गरेर डिस्पोज गरेपछि साँझ जन-जीवन समान्य बनेको हो । शंकास्पद वस्तु आंतक फैलाउन राखिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

विप्लव समुहले मंगलबार बन्दको आह्वान गरेकाले त्यसको पूर्व सन्ध्यामा आतंक फैलाउन मण्डीमा शंकास्पद वस्तु राखेको हुन सक्ने आशंका गरिए पनि पुष्टि नभएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

‘विप्लव समुहको बन्द हल्लासँगै शंकास्पद वस्तु भेटिनु आतंक फैलाउन राखिएको हुन सक्छ,’ कार्कीले भने, ‘तर त्यसलाई पुष्टि गर्ने आधार भने केही भेटिएको छैन ।’ प्रहरी उपरीक्षक कार्कीले कास्कीमा उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार १५:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।