Logo

गण्डकी प्रदेश

कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई सरकारले अनुदान नदिने



निर्धारित समयमा गाउँसभा नगरेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई सरकारले कुनैपनि अनुदान नदिने भएको छ । नेपालको संविधानको धारा ५९ को उपधारा ९३० मा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो तहको बजेट बनाउन र प्रदेश र स्थानीय तहले बजेट पेस गने समय संघीय काुनुनबमोजिम हुने उल्लेख गरिएको छ ।

मंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल बरालका अनुसार करीब १५० हाराहारीका स्थानीय तहले आफ्ना अनुमानित आय–व्ययको विवरण मन्त्रालयमा बुझाएका छैनन् ।

नियमअनुसार प्रदेश सरकारले असार १ गते र स्थानीय तहलाई असार १० गते नै बजेट पेस गर्नुपर्ने ब्यवस्था छ । माछापुच्छ्रे गाउँपालिकाले असार १२ गते बजेट ल्याएको थियो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार ०५:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।