Logo

अनलाइनपाना खोज

नेपाल विद्यार्थी संघले गर्यो बाढीपहिरो तथा डुबान पीडितका लागि सहयोग (फोटो फिचर)



नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बाढीपहिरो तथा डुबान पीडितका लागि सहयोग रकम संकलन गरेको छ । बुधबार काठमाडौंका नेपाल टार, बाइपास, माछापोखरी लगायतका ठाउँमा सहयोग संकलन गरिएको हो ।

नगद र जिन्सी सहयोग गरिएको नेविसंघका नि-वर्तमान केन्द्रीय सदस्य शुशिल भट्टले बताएका छन् । सोमबार ४९५७१ हजार नगद र जिन्सी लत्ताकपडा राहत सहयोग संकलन भएको भट्टले बताए ।

संकलन भएको राहत पीडितसमक्ष वितरण गर्ने नेविसंघका निरन्जन थापाले जानकारी दिए । राहत अभियानमा विद्यार्थी नेताहरू शुशिल भट्ट, निरन्जन थापा, पबन थापा, सन्तोष गुरुङ, लक्ष्मी सिलबाल,स्विछा उप्रेती इश्वर अधिकारी, सुबास घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति जारी गरेर देशभरका नेविसंघलाई बाढीपहिरो र डुबान पीडितको उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन् । नेबि सघले देशभर राहत सकल अभियान सन्चालन गरेको छ ।

 

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार ०६:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।