सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)ले उत्तराखण्डका सांसद कुँवर प्रणव सिंह ‘च्याम्पियन’ लाई पार्टीबाट निस्कासन गरेको छ । बीजेपीले उनलाई बुधबार छ वर्षका लागि पार्टीबाट निस्कासन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
केही दिनअघि मदिराको नशामा लट्ठिएको अवस्थामा हातमा राइफल र रिवल्भर बोकेर नाचिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई भाजपाले तीन महिनाका लागि निलम्बन गरेको थियो ।
भिडियोमा सांसद प्रणव सिंह दुबै हातमा तीनवटा रिवल्भर र राइफल बोकेर फिल्मी गीतमा नाचिरहेका देखिन्छन् । यसअघि उनले टीभीमा पत्रकारलाई धम्क्याएको भिडियो भाइरल भएको थियो ।




















प्रतिक्रिया