नेपाल दलित विद्यार्थी संघले आज एस्ईई उत्तीर्णलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ ।
संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मानबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा यसपालिको एस्इई परीक्षामा उत्तीर्णलाई सम्मान गरिएको हो ।
सम्मान गर्दै उनिसहित विशेष अतिथि र अन्य अतिथिले विद्यार्थीहरुको शैक्षिक सफलताको शुभकामना व्यक्त गरेका थिए । १ सय ४५ विद्यार्थी सम्मानित भएका थिए ।

नेपाल दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनारले विद्यार्थीहरुलाई पढाइप्रति प्रेरित गर्नका लागि सम्मान गरिएको बताउनुभयो । सुनारले दलित समुदायमा पढाईप्रति जिम्मेवार नहुने र विद्यालय भर्ना भएका विद्यार्थीले पनि बीचैमा पढाई छोड्ने समस्या अझैपनि रहेको बताए ।
उनले उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई छात्रबृत्ति दिनुपर्ने व्यवस्था भएपनि क्याम्पसले नदिएको भन्दै कार्यान्वयनका लागि पहल गरिने समेत बताए । नेपाली कांग्रेसको भ्रातृसंस्थाका रुपमा रहेको दलित विद्यार्थी संघ २ महिनाअघि स्थापना भएको हो । अध्यक्ष सुनारले दलित समुदायको लागिमात्र नभएर संघले अरु सबैको पक्षमा काम गर्ने दावी गरे ।




















प्रतिक्रिया