Logo

अन्तर्राष्ट्रिय

भारतीय कंग्रेसकी वरिष्ठ नेता शीला दीक्षितको निधन



भारतीय कांग्रेसकी वरिष्ठ नेता तथा दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितको निधन भएको छ। मुटुसम्बन्धी रोगबाट पिडीत उनको आज निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जर्नाका छन्।

८१ वर्षीया दीक्षित केही दिनदेखि विरामी रहेकी उनलाई आज विहानै अस्पतालमा भर्ना गरिएको थियो। दीक्षितको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।

कंग्रेसले पनि दीक्षितको निधनमा शोक व्यक्त गरेको छ। आजीवन कंग्रेस सदस्य रहेकी दीक्षित तीन पटक दिल्लीको मुख्यमन्त्री भएकी थिइन् । नलाई प्यारी दादी को रुपमा पनि चिनिन्थ्यो। उनको निधन दिल्लीवासीका लागि मात्र नभइ भारतीय कांग्रेस पार्टी र गान्धी परिवारका लागि पनि ठूलो क्षति भएको बताइएको छ।

३५ वर्षे राजनीतिमा दीक्षित केरलको राज्यपाल पनि रहेकी थिइन्। उनले सन् १९८८ देखि २०१३ सम्म राष्ट्रिय राजधानी दिल्लीको मुख्यमन्त्रीको पद सम्हालेकी थिइन्। उनको निधनलाई लिएर पार्टीले खेद प्रकट गरेको छ। आफ्नो जीवनकालमा कांग्रेस नेतृ र तीन पटक दिल्लीकी मुख्यमन्त्री रहेकी दीक्षितले दिल्लीको अनुहारमा नै परिवर्तन ल्याएकी थिइन्।

विद्यालयको निर्माणाधीन भवनमा स्थानीय गुठीयारद्वारा आगजनी

काठमाडौंको केन्द्रभागमा रहेको टेकुस्थीत महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको निर्माणाधीन भवनमा स्थानीय गुठीयारहरुले आगजनी गरेका छन् । पचली भैरव गुठीको जग्गामा विद्यालयले अनाधिकृत रुपमा व्यापारिक भवन निमार्ण गर्न थालेको भन्दै गुठीयारहरुले निर्माणाधिन भवनको सामाग्रीमा आगजनी गरेका हुन् । उनीहरुले भवनको पिल्लर समेत काटिदिएका छन् । गुठीयार र विद्यालयबीच जग्गा उपयोगका विषयमा लामो समयदेखि विवाद हुदै आएको थियो ।

जग्गा विवादबारे छलफल गर्न शनिबार बिहान आयोजित बैठकमा जनप्रतिनिधिको जवाफ गैरजिम्मेबार रहेको भन्दै आक्रोशित समूहले निमाणाधिन भवनमा आगजनी गरेको हो । बिद्यालयले गुठीको जग्गामा बिना सहमति र भवन निर्माण पास नगरिकन नै भवन निर्माण गर्न लागेकाले आफुहरुले त्यसलाई रोकेको स्थानीयको भनाई छ ।

यता विद्यालयका प्रधानाध्यापक दयाचन्द्र श्रेष्ठले भने उक्त जग्गामा मौखिक सहमतिका आधारमा भवन निर्माण सुरु गर्नलागिएको जानकारी दिनुभयो । उहाले जग्गा प्रयोग गरेवापत आफुहरु भाडा तिर्न समेत तयार हुन पनि स्थानीयहरुले संरचना नै नष्ट गरिदिएको गुनाासो गरे ।

काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनर्निमार्ण पाधिकरणको बजेटमा विद्यालयले भवन बनाइरहेको थियो । स्थानीयले उक्त निर्माणाधिन भवनको संरचनामाथि आगजनी गरेपछि प्रहरीले उक्त स्थान खालि गराएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार १४:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।