मेष राशि
बुधबार बिहानसम्मको समय मध्ययम रहेकोले लगानि गर्दा ध्यान दिनुहोला प्रतिफल पाउँन निकै समय खट्नु पर्नेछ । व्यापारमा लगानि गर्नको लागि केहि समय पर्खनुनै राम्रो रहेकोछ भने बिदेशी लगानिबाट सञ्चालित सस्थाबाट भने मनग्गे मुनाँफा कमाउँन सकिनेछ । बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय फलदायि रहनेछ ।
पढाई लेखाईमा अलि बढि मेहनेतको खाचो पर्ने देखिन्छ । बुधबार दिउसोबाट समय राम्रो रहेकोले सयममा काम गरि प्रशंसक तथा समर्थकहरु जुटाउँन सकिनेछ । बुद्धि तथा बाणिको माध्यामले धेरैको मन आफुतिर खिच्न सकिनेछ । परिवारका साथ रमाईलो गर्दै मिष्टान्न भोजनका साथ रमाउँन सकिनेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय लगानि गर्दै हुनुहुन्छ भने समय फलदायि रहेकोछ । अध्ययनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ ।
बृष राशि
साताको सुरु र अन्तको समय राम्रो रहेकोले समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरिमा बढुवा हुने योग रहेकोछ । व्यापार लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि,पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
पढाईले खाईमा मन जानेछ भने अध्ययनकै सवालमा यात्रा हुनेछ । सोमबारबाट शुक्रबारसम्मको समय मध्ययम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला ।
मिथुन राशि
लामो दुरिको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ ।
प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ । तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । पैत्रिक स्रोत साधनको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरिको गतिलो योग रहेकोछ ।
कर्कट राशि
साताको पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाकि रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलश्यता बढेर जानेछ । सोमबारबाट समय राम्रो रहेकोले लामो दुरिको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ ।
सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ ।
सिहं राशि
साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफन्तसँग रमाईलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । एकल तथा साझेदारि व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फन अरुको ध्यान आकर्षित गर्न सकिनेछ । सोमबारबाट बुधबार बिहानसम्मको समय मध्ययम रहेकोले खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्ययम रहेकोछ । आफन्त तथा दिदिबहिनि सँग मनमुटाब सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउँने हुनाले ईज्जत प्रतिष्ठा जोगाउँन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अबिश्वास हुनेछ ।
कन्या राशि
साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापारको शिलशिलामा लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुँनेछ ।
प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । बुधबार दिउसोबाट शुक्रबारसम्मको समय मध्ययम रहेकोले व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानि गर्नुपुर्व आवस्यक तयारि राम्रो सँग गर्नुहोला । गोप्यता भङग हुने तथा आफन्त सँग बिवाद बढ्नेछ ।
तुला राशि
बुधबारसम्मको समय राम्रो रहेकोले प्रतिष्पर्धिलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउँन सफल होईनेछ । पढाई लेखाईमा गरिएको मेहनेतबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने वाताबरण बन्नेछ ।
खर्च बढेपनि राम्रा तथा उपलब्धिमुलक काम हुनेछन् । बिहीबारबाट समय मध्ययम रहेकोले सामान्य कुरामा अलमलिदा उपलब्धिमुलक कामहरु गुम्नसक्छ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरु सँग मनमुटाब सिर्जना हुनेछ । ऋण,रोग तथा संकटको सामना गर्नु पर्ने हुन सक्छ ।
बृश्चिक राशि
साताको सुरु र अन्तको समय मध्ययम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिस सँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारि साधनको विषयमा विवाद गर्नुपर्ला । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला ।
सोमबारबाट शुक्रबारसम्मको समय राम्रो रहेकोले बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् ।
धनु राशि
साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यावसायमा थोरै समय दिदापनि मनग्गे आम्दानि गर्न सकिनेछ । विवादित विषयहरु ह्ल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिस सँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउँन सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोगले नया काम थालनी गरि आर्थिक रुपमा सुदृड हुन सकिनेछ ।
सोमबार र मंगलबारको समय मध्ययम रहेकोले राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।
मकर राशि
बुधबारसम्मको समय राम्रो रहेकोले पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरिको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आट तथा शाहस गरि लगानि बढाउँन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । सकारात्मक सोचको माध्ययमबाट रुढिवादि परम्परालाई चिरफार गर्न सकिनेछ ।
लेखनकलाको माध्यामबाट अन्धबिश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रि भुमिका रहनेछ । बिहीबारबाट समय मध्ययम रहेकोले आफन्तहरु टाडिने तथा पति पत्निविच सामान्य मनमुटावको सिर्जना हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ ।
कुम्भ राशि
साताको सुरु र अन्तको समय मध्ययम रहेकोले असजिलो परिस्थितिमा साथ दिनेहरु कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम संगत गर्नुहोला,बलजफ्ती गर्दा समस्या आउँन सक्छ । बन्दुबान्धबहरु सँग मनमुटाब बढ्ने तथा छिमेकीहरु सँग बिवाद हुने योग रहेकोछ ।
सोमबारबाट शुक्रबारसम्मको समय राम्रो रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ भने भौतिक सम्पति तथा धातु संग्रह गर्न सकिनेछ ।
मीन राशि
साताको सुरु र अन्तको समय मध्ययम रहेकोले भौतिक तथा बिलाशि बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा मनग्गे समय खर्चिएपनि न्युन सफलता हातलागि हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेकोछ ।
बुधबार दिउसोबाट समय राम्रो रहेकोले वन्द व्यापारमा लगानि गरि आर्थिक क्षेत्र बलियो बनाउँन सकिनेछ । पहिले लगानि गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्ब सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ ।तपाईको दिन शुभ रहोस ।



















प्रतिक्रिया