Logo

विविध

शनिबारका दिन भुलेर पनि गर्नै नहुने यी काम !



भारी कपडा धुनु र फोहोर हुँदैनः शनिबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । शनिबार को दिन ठूला–ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । शनिबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । शनिबार घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म शनिबार नगर्नु नै राम्रो हुन्छ ।

– कपाल नुहाउनु हूँदैनः शास्त्रमा शनिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले शनिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । शनिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

– रौं काट्नु हुँदैनः शनिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन भनिएको छ । शनिबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

– दारी काट्ने वा नङ काट्नेः शनिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार १५:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।