Logo

विविध

२०७६ साल भाद्र ०७ गते शनिबारको राशिफल



आज मिति २०७६ साल भाद्र ०७ गते शनिबार आफनो राशिफल हेर्नुहोला ।

मेष राशि

गरेका काम बढि खर्चालु होलान् । झुट्टा आरोप लाग्न सक्छ सतर्क हुनुहोला । प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुने समय छ । बौद्धिक व्यक्तित्वसँग प्रतिस्पर्धामा उत्रनुपर्ला।

अध्ययनमा समय दिन नसकिएला । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ । अनावस्यक काममा समय खर्च हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

बृष राशि

शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान पुर्याउनुहोला। व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मिलेर गरेका काम त्यति सफल हुने छैनन । आर्थिक संरचनालाई नचलाउनु होला ।

एक्लौटी काम हुनेछन् ।स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। बलजफ्तीले परिस्थिति बिग्रन सक्छ। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउन सक्छ कामविशेषले बन्धु–बान्धवसँग नजिकिने समय छ।

मिथुन राशि

काम काजमा ढिला गर्दा आफैलाई नोक्सान हुनेछ ।निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला ।

हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। फजुल खर्चमा वृद्धि हुनेछ । आफन्तबाट आलोचित हुनु पर्ला । विश्वास घातको सम्भावना देखिन्छ, व्यवसायमा हानी नोक्सानी हुन सक्छ

कर्कट राशि

लेनदेनका कुराले भने टाउको दुखाउनेछ । अरुको काम गरेर जश पाईने छैन ।सन्तानको बारेमा बढि चिन्तित हुनुहुनेछ । पढाईमा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न ।

आलस्य गर्ने बानीले पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि केही विवाद आउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ।

सिंह राशि

आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।स्पष्ट बोल्दा आफैलाई घाटा हुनसक्छ सतर्क रहनु होला । अनावस्यक काम आईलाग्न सक्छ ।

विश्वास गरेकाले धोका दिने छन् अवसर प्राप्त भए पनि नियमित काममै अलमलिनाले पछि परिनेछ। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ।

कन्या राशि

प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला ।धन दिने लिने काममा विचार गर्नु होला कहि कतै विग्रिन सक्छ । अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला ।

आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला।घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।

तुला राशि

अनावस्यक खर्चमा सामान्य नियन्त्रण आउनेछ । काम गर्दा हेलचक्र्याई नगर्नु होला विग्रिन सक्छ । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ।

आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

बृश्चिक राशि

व्यर्थका काममा समय खर्च हुनेछ । मानसिक तनाव बढ्न सक्छ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ । व्यापार व्यवसायमा पनि समस्या देखिने छन् ।

आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ।

धनु राशि

लगनशिल भई गरेका काम सफल हुनेछन् । आर्थिक कारोवारमा थोरै ध्यान दिनु पर्ने देखिन्छ । काम सम्पादन नभए पनि योजना बन्नेछ। सामाजिक दायित्व बढ्नेछ ।

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइने परिस्थिति देखिन्छ।

मकर राशि

काम गर्ने जोश जागर घट्ने छैन । गर्न बाँकी रहेका काम आज फस्र्योट हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ ।

गोप्य रहस्य पत्ता लाग्नेछ भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।

कुम्भ राशि

अध्ययन कार्य अगाडि बढ्नेछ ।परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ ।

विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

मीन राशि

फजुल खर्च बढ्नेछ । जोखिम पूर्ण काममा हात नहाल्नु होला । सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ ।

अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला । समयमा निर्णय लिन नसक्दा उपलब्धि गुम्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । आय व्यय बरावरै हुनेछ ।

मेष राशि

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ ।

व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुटाउन सकिनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

बृष राशि

अरूका लागि अल्झनुपर्दा लक्ष्य प्राप्तिमा बाधा होला। काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले आफ्नै पक्ष लिनेछ। प्रतिस्पर्धा गर्नेहरूले हार खानेछन् भने आस मारेको कामले उत्साह जगाउनेछ। प्रारम्भ संघर्षपूर्ण रहे पनि अन्तिम नतिजा राम्रो हुनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

मिथुन राशि

समयमै गम्भीर नबन्दा समस्या थपिएला। तापनि मिहिनेत गर्दा प्रतिफल अवश्यै प्राप्त हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्याले परिस्थितिसँग जुध्न सिकाउनेछ। काममा श्रम अनुसारको मूल्य प्राप्त हुनेछ। जिम्मेवारी थपिए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।

कर्कट राशि

अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। आक्षेप लगाउनेहरूले दुस्ख देलान्। परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखद् रहनेछ।

सिंह राशि

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

कन्या राशि

प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। ईर्ष्या गर्नेहरूले आफ्ना सामानमा दाबी गर्न सक्छन्। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।

तुला राशि

साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताउनेछ भने बेसुरमा वचन दिनाले दुःख पाइनेछ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। साथीभाइले साथ नदिन सक्छन्। पशुधन र जमिनबाट पनि थोरै फाइदा हुन सक्छ। काममा आमाको मार्गदर्शन लाभदायक रहनेछ।

बृश्चिक राशि

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यवसायमा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। अवरोध हट्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुने समय छ। मिहिनेतले जीवनशैलीमा राम्रै परिवर्तन ल्याउन सक्छ।

धनु राशि

नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। मिहिनेत परे पनि चिताएको मूल्य प्राप्त नहुन सक्छ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। हल्लाको भर पर्दा दुस्ख पाइनेछ। अर्थ अभावले सताउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ।

मकर राशि

विभिन्न अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति टिप्पणी गर्नेछन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक सहयोगले दैनिकीमा परिवर्तन ल्याउन सक्छ।

कुम्भ राशि

आफ्नै बेहोसीले नोक्सान पुर्याउला। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बलजफ्तीले पछिसम्म बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्।

मीन राशि

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ।

अन्य समाचार  :

पाठेघर नै काटेर फाल्नु पर्दैन, यसरी सजिलै सँग सामाधान गर्न सकिन्छ रुतपाइ पनि एक शेयर गर्नुहोस ! बनेपाकी ३० वर्षीया शर्मिला (नाम परिवर्तन) लगातार रक्तश्राव भएपछि चिकित्सककहाँ पुगिन् ।

अल्ट्रासाउण्ड गरेपछि चिकित्सकले भने, ‘पाठेघरमा मासु पलाएको छ, तुरुन्त अप्रेशन गर्नुपर्छ ।’ एक सन्तानकी आमा शर्मिला चिकित्सकको कुरा सुनेर आत्तिइन्। उनले औषधि खाएर निको हुन्छ कि ? भनेर सोधिन् पनि । तर, चिकित्सकले पाठेघरमा मासु पलाएकोले पाठेघरै फाल्नुपर्ने दोहोर्‍याए।

दोस्रो सन्तानको योजनामा रहेका शर्मिला र उनका पतिका लागि सुखद् समाचार थिएन यो । उनको उमेर पनि त ३० वर्ष मात्रै थियो। चिकित्सकले अप्रेशनबाहेक अर्को उपाय नभएको बताएपछि उनीहरुले अप्रेशनका लागि मिति समेत लिए।

अपे्रेशनको मिति जति नजिक आयो, चिन्तापनि थपिंदै गयो। पहिलो मिति बहाना बनाएर टारे । अस्पतालले अर्को मिति दियो । अस्पतालले पटक–पटक फोन गरेर अपे्रशनका लागि बोलाइरह्यो । तर, मनले नमानेपछि उनीहरुले अन्य ३-४ जना काठमाडौंका नाम चलेका स्त्री रोग विशेषज्ञसँग जाँच गराए।

शर्मिलाले भनिन्, ‘अधिकांश चिकित्सकले औषधि खाएर निको हुन्छ भनेपछि मेरो मन ढुक्क भयो। नत्र मलाई राति निद्रा नपर्ने, चिन्ता लागिरहने समस्या भयो । झण्डै डिप्रेशन भएको ।’ शर्मिला मात्र होइन, रुपन्देहीबाट आएकी राधा भण्डारीलाई पनि यस्तै समस्या देखिएको थियो ।

उपचारका लागि प्राइभेट अस्पतालमा पुगेकी उनलाई चिकित्सकले पाठेघरमा मासु पलाएकोले तुरुन्तै फाल्नुपर्छ भने । उनले अन्य चिकित्सकसँग पनि परामर्श गरी औषधि खाइरहेको बताइन्। ‘आजकल त के भएको, एउटै चिकित्सकलाई देखाएर त विश्वासै नलाग्ने, चिकित्सकपिच्छे फरक कुरा आउँछ, कसको कुरा ठीक हो पत्याउनै गाह्रो।’

स्वास्थ्यखबरको सम्पर्कमा आएका यी दुई महिलाको विषयपछि स्वास्थ्यखबरले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग चासो रोखेको थियो । सो क्रममा यी महिलाजस्तै धेरै महिलालाई चिकित्सकले पाठेघर नै फाल्नुपर्छ भनेर कर लगाउने गरिएको भेटियो ।

स्त्री रोग विशेषज्ञकहाँ पुग्ने धेरै महिलामा पाठेघरको मुखमा मासु पलाउने समस्या देखिन्छ। पाठेघरमा मासु किन पलाउँछ रुपाठेघरमा मासु पलाउने बित्तिकै शल्यक्रिया आवश्यक छ वा छैन ? यिनै विषयमा परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा २५ वर्षदेखि कार्यरत स्त्री रोग विशेषज्ञ डा. मीना झासँग गरिएको कुराकानी।

पाठेघरमा मासु किन पलाउँछ ? पाठेघरमा मासु पलाउनुको कारण यही नै हो भन्ने छैन । वंशाणुगत कारणले पनि हुन्छ । कतिपय अवस्थामा थाहा नै हुँदैन । अन्य समस्या लिएर अस्पताल आएका महिलालाई समस्याका आधारमा जाँच गरेपछि मात्र थाहा हुन्छ पाठेघरमा मासु पलाएको रहेछ भनेर ।

पाठेघरमा मासु पलाएको कसरी थाहा पाउने, यसका लक्षण के–के हुन् ? पाठेघरमा मासु पलाएको शंका गर्ने प्रमुख कारण महिनावारी हुँदा धेरै रगत जानु, अत्याधिक पेट दुख्नु हो । महिनावारी हुँदा सामान्यत : ५-६ दिनमा श्राव बन्द हुनुपर्छ । तर, यस्तो समस्या भएका महिलालाई धेरै दिनसम्म रक्तश्राव भइरहन्छ । बीचमा रोकिएर फेरि श्राव हुने सम्भावना पनि हुन्छ ।

पेट अत्यधिक दुख्ने तथा रगत धेरै बग्दा त्यसले अन्य समस्या पनि ल्याउँछ । शरीरमा रगतको कमी भएर एनिमिया हुने, सेतो पानी बग्ने, कमजोरी हुने, थकाई लाग्ने, रिगंटा लाग्ने, कतिपयलाई सन्तान नहुने, गर्भ रहे पनि तुहिने समस्या हुन्छ । हामीकहाँ महिलाहरु धेरै रगत बग्यो, महिनावारी हुँवा वा अन्य समयमा पनि अत्यधिक पेट दुख्यो, सन्तान भएन, गर्भ रहन्छ तर खेर गइरह्यो भन्ने जस्ता समस्या लिएर आउँछन् । उनीहरुलाई जाँच गरेपछि पाठेघरमा मासु पलाएको थाहा हुन्छ । हामीले उनीहरुसँग सोधपुछ गरी र अल्ट्रासाउण्ड गरेर निश्चित गर्छौं।

धेरै चिकित्सकले पाठेघरमा मासु पलाउने बित्तिकै पाठेघर फाल्नुपर्छ भनेको सुनिन्छ, यसको उपचार अपे्रशन मात्र हो ? राम्रो प्रश्न सोध्नुभयो । बिरामीको अवस्था र आवश्यकता हेरी उपचार हुन्छ। धेरै महिला अन्य थुप्रै ठाउँमा उपचार गराएर अन्तिममा प्रसूतिगृह आउँछन्।अन्य डाक्टरले पाठेघर तुरुन्त फाल्नुपर्छ भन्नुभयो, मलाई के भएको डाक्टरसापरुभनेर सोध्छन् ।

कसैको उमेर पनि कम नै हुन्छ। उनीहरुलाई पाठेघर झिक्नुपर्छ भन्दा डर लाग्नु स्वभाविक हो। सत्य त के हो भने पाठेघरमा मासु पलाउने बित्तिकै पाठेघर झिकेर फाल्नुपर्दैन।सामान्य शल्यक्रिया मायोमेक्टोमी अर्थात् मासु झिकेर फाल्न सकिन्छ। पलाएको मासु ठूलो छ अर्थात् ठूलो फ्याब्राइट छ भने मासु झिकेर बायोब्सी गरेर पनि निक्र्योल गरी उमेर पुगेको छ भने झिक्न सकिन्छ।

हामीले कम उमेर भएका,सन्तानको रहर नपुगेका, औषधि गरेर निको हुने अवस्थाका महिलाको पाठेघर सकेसम्म फाल्दैनौं । कति महिलाहरु आफैं पनि पाठेघर झिकिदिनुस् ढुक्क हुन्छ भन्छन् । तर, उनीहरुलाई औषधिले निको हुने अवस्था भएसम्म पाठेघर झिक्नुहुन्न भनेर सम्झाउने काम चिकित्सक हो ।

आजकल धेरै निजी अस्पतालमा पाठेघरसम्बन्धी समस्या हुनासाथ झिक्नुपर्छ भन्ने गलत अभ्यास भएको छ । झिक्नैपर्ने अवस्थाबाहेक अन्य अवस्थामा पाठेघर झिक्नुहुन्न । फालिसकेपछि त्यसले अझ धेरै समस्या निम्त्याउन सक्छ। सन्तान पूरा भएका, उमेर पुगेका, शल्यक्रियाबाहेक अन्य उपाय नभएका महिलाको हकमा भने मात्र फाल्नैपर्ने अवस्था हुन्छ ।

एकपटक मासु फालेपछि फेरि पलाउने सम्भावना हुन्छ कि हुँदैनरु पाँच वर्षको अवधिमा ५० प्रतिशत बिरामीमा फेरि पलाउने सम्भावना हुन्छ । किनकि प्रजनन् क्षमता भएकामहिनावारी हुने महिलामा पलाइरहन्छ ।

परिवारका अघिका महिलामा थियो भने पछिका महिलालाई पनि हुन्छ । हामीले एक ठाउँमा पलाएको मासु पो फाल्छौं, फेरि अन्य ठाउँमा आउन सक्छ । दोहोरिन थाल्यो, परिवार पूरा भएको छ, रक्तश्राव रोकिएन, उमेर पुगेको छ भने पाठेघर फाल्नुस् भनेर सल्लाह दिन्छौं।

पाठेघर फाल्दा पछि पनि समस्या देखिन्छ भन्नुभयो, कस्ता समस्या देखिन्छन् ? झिक्नैपर्ने अवस्थाबाहेक शरीरको कुनैपनि अंङ्ग झिक्नु राम्रो होइन । पाठेघरको कुरा पनि त्यही हो। एक त सानै उमेरमा पाठेघर फाल्दा बच्चा नभएकालाई बच्चा हुँदैन, अब भन्नुस्, ३४-३५ वर्षको महिलाको पाठेघर फाल्नु राम्रो हो त ? बाध्यताबाहेक उसको त पूरै बाँकी जिन्दगी बाँच्नु छ, समस्या हुन्छ नि। फालेपछि पनि चिट्चिट्पन हुने, झिंजो लाग्ने, कम्मर दुख्ने,ब्याकपेन हुने, धेरैलाई निद्रा नपर्ने समस्या हुन्छ । हातखुट्टा गल्ने, धेरै काम गर्न नसक्ने समस्या पनि देखिन्छन् ।

पाठेघरमा मासु पलाउँदा उपचार गरिएन भनेकस्तो समस्या निम्तिन्छरु एकदम कम महिला । २ देखि ५ प्रतिशत महिलामा क्यान्सर हुने सम्भावना हुन्छ । सन्तान नभएकालाई सन्तान हुँदैन । पाठेघरमा मासु तीन प्रकारको हुन्छ। पाठेघरको बाहिरी भागमा जसलाई चिकित्सकीय भाषामा सब्ह्रसिरस भनिन्छ । यो समस्या भएमा पेट अत्यधिक दुख्छ । यो बेला उपचार गराइहाल्नुपर्छ ।

अर्को, पाठेघरमै मासु पलाउँछ । यो धेरै महिलामा देखिने सामान्य समस्या हो । यसलाई इन्ट्रामिरल र तलको भागमा सबम्युकस भन्ने हुन्छ । पिसाब फेर्न समस्या हुन्छ। त्यसैले लामो समयदेखि रगत बगिरहने समस्या छ भने त्यसलाई बेवास्ता नगर्नुस्। समयमा उपचार भए पाठेघर झिकेर फाल्नुपर्दैन। पाठेघरको मुख ठूलोभएको वा मासु पलाएको छ भने क्यान्सरको लक्षण पनि हुनसक्छ । त्यसैले नजिकैको स्वास्थ्य संस्थामा गई देखाउनुस्। अन्य समस्या भए उनीहरुले ठूलो अस्पतालमा रेफर गर्छन्।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार १३:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।