Logo

समाचार

किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन



नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन भएका छन् । अजरबैजानको बाकुमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट श्रेष्ठ महासचिवमा चयन भएका हुन् । नेपाल प्रेस काउन्सिल विश्व प्रेस काउन्सिलको सदस्य हो ।

काउन्सिलको अध्यक्षमा प्रा‍‍.डा. सुले अकर (साइप्रस), उपाध्यक्षमा अफ्लातुन अमासोभ (अजरबैजान), कोषाध्यक्षमा डा. तामेर अताबारुत (टर्की) चयन भएका हुन् ।

सम्मेलनमा टर्की, भारत, श्रीलङ्का, केन्या, तान्जानिया, जिम्बाब्वे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बङ्गलादेश, साइप्रस, सेसेल्स, मालाबी, म्यान्मारसहितका देश सहभागी थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार १०:४७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।