सुनिलस्मृति गाउँपालिका वडा नं. २ का वडा सदस्य मदन गिरीले आज एक कार्यक्रमका विच त्रिपुरेश्वरी माध्यामिक विद्यालयका विपन्न दश जना छात्र छात्राहरुलाई किताव, कापि, कलम र स्कुल डे«सहरु वितरण गरेका छन् ।
त्रिपुरेश्वरी माध्यामिक विद्यालयको लेखा परिक्षण कार्यक्रममा वडा सदस्य गिरीले उक्त कार्यक्रम गरेका हुन्, वडा अध्यक्ष नेत्र बहादुर गिरीको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा शिक्षक, वुद्धिजिवि, विद्यार्थीहरुको उल्लेख सहभागी रहेको थियो ।
वडा भित्रका सम्पूर्ण विद्यालयका अति विपन्न विद्यार्थीहरुलाई किताव, कापि, कलम, स्कुल डे«स र दाल चामलहरु वितरण गरिने सदस्य गिरीले बताए । आउदो ५ गते आइतवार ज्योति प्रकाश माध्यामिक विद्यालय हरिगाउँका अति विपन्न छात्र छात्राहरुलाई वितरण गर्ने तयारी समेत गरिएको सदस्य गिरीले बताए ।
उनले भने हामि जनताको सेवा गर्न आएको हुँदा पारिश्रमिक लिनु पर्छ भन्ने मलाई लाग्दैन त्यसैले मेरो मासिक आउने सेवा सुविधाबाट अति विपन्न छात्र छात्रा र सामाजिक कार्यहरुमा लगाउदै जाने योजना समेत बनाएको सदस्य गिरीले बताए । सदस्य गिरीले भन्नुभयो मैले धेरै सोच विचार गरेर नै यो निर्णय लिएको समेत बताए ।




















प्रतिक्रिया