Logo

समाचार

कक्षा ११ को परीक्षाफल मंगलबार



कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गर्ने गरी तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा भोलि प्रकाशित गर्ने गरी तयारी पूरा गरेको हो ।

परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए । नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो ।

बैठकमा नतिजा प्रकाशन तयारीबारे छलफल भएको हो । बैठकमा बसेका बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशन गर्न मंगलबार बिहान बैठक डाकिएको छ।

‘तयारीमा कुनै प्राविधिक त्रुटी नभए भोलि बिहान बैठक हुन्छ र बेलुकासम्मनतिजा प्रकाशित हुन्छ,’ उनले भने। ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए। १ हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार १६:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।