Logo

प्रमुख समाचार

विश्व मुटु दिवस– अल्का अस्पतालमा निःशुल्क स्वास्थ्यशिविर



ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले विश्व मुटु दिवसका अवसरमा आइतबार निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको छ । ‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’भन्ने नाराका साथलायन्स क्लवअफ काठमाडौं अल्का र लियो क्लवअफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले अस्पताल प्राङगणमा शिविर आयोजना गरेको हो ।

मुटु दिवसका अवसरमा अल्का अस्पतालले विरामीहरुकालागि विभिन्न ल्याव परीक्षणमा छुट दिएको छ । इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निशुल्क गरिएको अल्का अस्पतालले जनाएको छ ।

मुटुरोग सम्बन्धिनिःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु निशुल्कगरिएको अल्का अस्पतालका प्रमुखकार्यकारी अधिकृत (सिइओ)े दिलिप थापाले बताए ।उनका अनुसार निःशुल्कशिविरकाजाँच गरिएका विरामीहरुलाई १० दिनसम्मकालागि औषधि पनि निशुल्क वितरण गरिएको छ ।

शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्ममा एक पटक फलो अपमा आउँदा ओपिडी चार्ज नलाग्ने अस्पतालले जनाएको छ ।विश्वमा हरेक वर्ष मुटु सम्बन्धि १७ लाखभन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा भने २६ लाख मानिसमा कुनै न कुनै मुटु सम्बन्धि रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्थांकमा उल्लेख रहेको छ ।धुमपान, मद्यमाननगर्ने, चिल्लो पिरो नखाने, माछामासु कमखाने र दैनिकब्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आईतवार ०९:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।