सामाजिक सञ्जालमा लोकप्रिय बनेका पब्लिक स्पिकर रमेश प्रसाई र नन्दा सिंह आज वैवाहिक जीवनमा बाँधिएका छन् । फरक क्षमताका प्रसाईंले कालीकोटकी नन्दा सिंहसँग सोमबार धरानमा विवाह गरेका हुन् ।
उनका आफन्तहरुका अनुसार प्रसाईंले परम्परागत विवाह गरेका छन् । स्थायी घर धरान भएका प्रसाई र कालिकोट घर भएकी सिंह तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरु दुवै जना दृष्टिविहीन रहेका छन् ।
अध्ययन र प्रष्टवक्ता भएका कारण प्रसाईं निकै चर्चामा रहेका छन् भने सिंहले काठमाडौँमा बालआश्रम चलाइरहेकी छिन् ।
पछिल्लो समय इन्द्रेणी कार्यक्रममा गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि प्रसाईको चर्चा थप चुलिएको थियो भने उनले गाएको रिङ्के बुङ्को रागो पनि निकै चर्चित छ ।




















प्रतिक्रिया