गत २४ घण्टामा ६२२० जनाको कोरोना परीक्षण गर्दा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट आज एकै दिन थप २० जनाको मृत्यु भएको छ भने योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १६१४ पुगेको छ
हाल सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।




















प्रतिक्रिया