Logo

समाचार

जरायोटार बालाजोर सामाजिक संस्थाद्वारा मावि मझुवा दोभानलाई पुस्तक हस्तान्तरण



सिन्धुली जिल्ला तीनपाटन गाँउपालिकामा रहेको मा.वि. मझुवा दोभानलाइ जरायोटार बालाजोर सामाजिक संस्थाद्वारा पुस्तक हस्तान्तरण गरेको छ ।

श्री उच्च माध्यमिक विद्यालय मझुवा दोभान, सिन्धुलीको पुस्तकालयको स्तरउन्नति एवं अध्यरत विद्यार्थीहरुको पठन पाठनमा थप मद्दत पुगोस भन्ने उदेश्यका हेतुले असोज २१ गते यस जरायोटार बालाजोर सामाजिक संस्थाबाट संस्थाका सदस्य निर्मल पुलामीको उपस्थितिमा श्री उच्च माध्यमिक विद्यालय मझुवा दोभानको शिक्षक मेघबहादुर तामाङ लगाएत अन्य अध्यपानरत शिक्षकहरुकाबीच एक कार्यक्रम गरी पाठ्यक्रम अन्तरगत १९०।– थान र अतिरिक्त अन्तरगत १५०।– थान गरी जम्मा थान ३४०।– थान पुस्तकहरु हस्तान्तरण गरिएको छ ।

विद्यालयका शिक्षक वर्गहरुको रोहवरमा पुस्तकहरु हस्तान्तरण गरिएको सामाजिक संस्थाका सह–सचिव भानबहादुर थोकरले जानकारी दिए । आगामी दिनमा यस्ता सामाजिक उत्तर दायित्वका कार्यमा संस्थाको तर्फबाट स्वतस्फुर्त रुपममा विद्यालय व्यवस्थापासँग समन्वय गरी प्राथमिक तहदेखि नै विद्यार्थी भाइ, बहिनीहरु लाभन्वित हुने गरी संथागत रुपमा योजना बद्ध रुपमा संस्था अघि बढ्ने जानकारी समेत गराए ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार ०५:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।