Logo

टिप्पणी

राप्रपाद्वारा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग, सरकारले देखाएन चासो



मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग गरिएको राप्रपाका नेता दिपक बोहोराले जानकारी दिए ।

पछिल्लो समय मुलुकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्र हुनुपर्नेमा सडकमा प्रदर्शन भैरहेको बेला आज बसेको सर्वदलिय बैठकमा उक्त माग राखेको नेता बोहोराले बताए । बैठकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग गरे पनि उक्त सवालमा कसैले जवाफ दिएनन्, उनले भने ।  

राजावादीहरुले गर्दै आएको प्रदर्शनमा आफ्नो पार्टीको पनि नैतिक समर्थन रहेको समेत बोहोराले बताए । उनले सरकारले बढ्दै गइरहेको कोभिड नियन्त्रण गर्न नसकेको, औषधि व्यवस्थापनमा अनियमितता गरेको र भ्रष्टाचार बढेको र सम्पूर्ण जनता सरकारप्रति नकारात्मक भएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार  ३ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।