Logo

विविध

मिस वल्र्डको उपाधि जमैकाकी टोनीले जित्दा नेपालकी अनुष्का भने…



यस वर्षको मिस वर्ल्डको उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छन् । शनिबार राति भएको अन्तिम प्रतिष्पर्धामा टोनीले उपाधि जितेकी हुन् । प्रतियोगितामा विश्वका १११ देशका सुन्दरीले प्रतिष्पर्धा गरेका थिए ।

लण्डनमा आयोजना भएको प्रतिस्पर्धामा फस्ट रनर अप फ्रान्सकी ओफेलो मेजिनो भइन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले हात पारिन् । प्रतियोगितामा नेपालकी अनुष्का श्रेष्ठले ब्युटी विथ पर्पस विधामा अवार्ड जितिन् । मिस वर्ल्डको शीर्ष १२ मा परेकी अनुष्काले यसअघि मल्टिमिडिया अवार्ड पनि जितेकी थिइन् ।

चार महिनामा चुईंगम चपाएरै सकियो १८ करोड

देखासिकी र फजुल खर्चमा आर्कषित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६-०७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आवको साउनदेखि कात्तिकसम्म ६ लाख २१ हजार ६ सय ८ किलो चुइगम नेपाल भित्रिएको छ ।
यसको मूल्य १८ करोड ४८ लाग ५५ हजार रुपैयाँ भएको भन्सार विभागले जनाएको छ । राजधानी दैनिकबाट

सलमानलाई दिए बिग बोस १३ छोड्ने अल्टिमेटम !

‘बिग बोस १३’ सिजन आजकाल निकै चर्चामा छ । कार्यक्रमले निकै राम्रो टिआरपी पाएको छ जसका कारण निर्माताले यसलाई पाँच हप्तासम्म बढाउने निर्णय पनि गरेका छन् । यो शो अब फेब्रुअरीमा समाप्त हुनेछ । कार्यक्रमको लगातारको सुटिङ र विभिन्न कमिटमेन्ट्सका कारण प्रस्तोता सलमान खानलाई अब उनको स्वास्थ्यले साथ नदिइरहेको भारतीय संचार माध्यमले बताएको छ ।

सलमान आफैंले पनि शोलाई छोड्ने बताइसकेका छन् । र उनलाई थुप्रै पटक अत्यधिक रिसाइरहेको पनि देख्न सकिन्छ । यस्तोमा हालै सार्वजनिक भएको रिपोर्ट अनुसार सलमानको परिवारले पनि स्वास्थ्यको समस्याका कारण सलमानलाई शो छोड्न भनेका छन् । स्रोतलाई उद्धृत गर्दै डेकन क्रोनिकलमा छापिएको रिपोर्टले सलमान ट्राइजेमिनल न्यूरलजियाबाट ग्रसित भएको र उक्त रोगका कारण उनी रिसाउन नहुने दाबी गरेको छ ।

यो रोग लागेकाहरुलाई अनुहारको मांसपेशी खुम्चाएपछि अत्यधिक पीडा हुन्छ । यस्तोमा कार्यक्रमका प्रतियोगीको व्यवहारमा जब सलमानलाई रिस उठ्छ तब त्यो उनीहरुको स्वास्थ्यको हिसाबले ठिक नभएको बताइएको छ ।

सलमानले पछिल्ला केही सिजनदेखि शो छोड्नेबारे कुरा गरिरहेका छन् तर हरेक पटक च्यानल र प्रोडक्सन हाउसले उनलाई मनाएर छोड्छन् तर यसपटक सलमान शो छोड्ने कुरामा अडिग भएको जस्तो देखिन्छन् । उनका आफन्तले पनि अहिले निर्मातालाई सुटिङको क्रममा सलमानलाई धेरै तनाव नदिन सल्लाह दिएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार ०६:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।