निर्मल लामिछाने।
सोलुखुम्बु जिल्लास्थित स्याङबोचे विमानस्थल समुन्द्री सतहबाट करिब ३७००मि. को उचाईमा रहेको छ । लुक्लाबाट करिब दुइ दिनको यात्रापछि उक्त ठाउँ पुग्न सकिन्छ । सगरमाथाको द्वार मानिने नाम्चे बजारबाट करिब १ घण्टाको उकालोपछि पुगिने त्यस ठाउँमा बिगतमा जस्तो अहिले बिमानहरु आउदैनन्, आइहालेपनि केहि कार्गो हेलिकप्टर र चार्टर मात्र आउने गर्दछन् ।
विमानस्थलसँग जोडिएको गाउँ हो खुम्जुङ । विगत ८ वर्ष देखि विमान नआउदा वा हवाई उडान नहुँदा स्थानीयबासी बिरामी पर्दा देखि सारो-गार्हो पर्दा सधैँ हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको स्थानीय पासाङ शेर्पाले अनलाईनपानालाई बताए ।
यसै बिषयमा विमानस्थल व्यवस्थापन कार्य अघि नबढाउन स्थानीय सरकारले माग गरेको भन्दै खुम्जुङमा स्थानीयबासीहरुले विरोध जनाएका छन् ।
स्थानीय सरकारले स्याङबोचे विमानस्थल संचालनमा आउदा करिब ८० प्रतिशत नागरिकको दैनिक रोजगारी गुम्ने र जिवनयापनमा असहजता हुने भन्दै ३१० नागरिक र ६७ व्यवसायीले गाउँपालिकामा निवेदन दिएका थिए भने खुम्जुङमा यातायातको अभाब हुँदा त्यहाँका बासिन्दाहरु सामान्य बिरामी हुँदा पनि हेलिकप्टर चार्टर गरी महङ्गो मूल्य तिर्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ । करिब ८ बर्षदेखि बन्द अबस्थामा रहेको स्याङबोचे विमानस्थल संचालन हुनुपर्ने खुम्जुङबासीको माग रहेको छ ।
गत कार्तिक ३० गते लुक्लामा स्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री समक्ष निर्माण गरिएको पर्यटन सूचना केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा खुम्बुपासाङल्हामु गाउँपालिकाका कार्यवाहाक अध्यक्ष टासील्हामु शेर्पाले स्याङबोचे विमानस्थल मर्मत नगर्न अनुरोध गरेको भन्दै खुम्जुङमा विरोध प्रदर्शन गरिएको हो ।
खुम्जुङ स्थित नेपाल कम्युनिष्ट पार्टी नेकपाको एक कार्यक्रम स्थलमा स्थानीयको समुहले स्याङबोचे विमानस्थल मर्मत तथा व्यवस्थापन गरि सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै प्रदर्शन गरेको स्थानीय आङ कामी शेर्पाले जानकारी दिए ।
उता, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईले भने गाउँपालिकाले स्याङबोचे विमानस्थल मर्मत तथा व्यवस्थापनमा कुनै पनि अवरोध नगरेको बताए ।
नेपाल नागरिक उडड्यन प्राधिकरणबाट विमानस्थल मर्मतका लागि बजेट व्यवस्थापन गरिने मौखिक जानकारी पाएको तर विमानस्थल मर्मतका सवालमा स्थानिय सरकारले अवरोध नगरेको बताए ।
सोहि निवेदन उपर कार्तिक ४ गते गाउँपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग स्याङबोचे विमानस्थल स्तरोन्नती र सञ्चालनका विषयमा सूचना माग गरेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।


आठ बर्ष अगाडी बिमानस्थल मा यसरी आउथे प्लेन। फोटो: पासाङ शेर्पा




















प्रतिक्रिया