काठमाडौं । काठमाडौंको चावहिलबाट एक १८ वर्षिया किशोरी हराएकी छिन् । नसिबुन खातुन नाम गरेकी मानसिक सन्तुलन अलि ठिक नभएकी ती किशोरी बिहीबार अपरान्ह १२ बजेदेखि हराएकी हुन् ।
किशोरीका दाई सम्सुद्धिन मन्सुरका अनुसार बिगत डेढ वर्षदेखि उनलाई मानसिक समस्या देखा परेको छ । उपचारको क्रममा उनलाई उपत्यकाको पाटन अस्पताल र त्यहाँ ठिक नभएपछि भारतको सितामणि माईण्ड क्लिनिकसम्म लगेर उपचार गरिएको थियो ।
बिभिन्न उपचार र औषधिको कारण नसिबुन बीचमा निको भई सकेकी थिईन् । कहिल्यै कोठा छोडेर नहिड्ने उनी यसपालि भने हराएकी छिन् । उनको खोजीका लागी परिवारले प्रहरी प्रशासन समक्ष निबेदन दिएको छ भने जसले जहाँ जस्तो अवस्थामा देखेपनि नजिकको प्रहरी कार्यालय वा किशोरीका दाई सम्सुद्धिन मन्सुरको मोबाईल नं. ९८२६८१८३०४ वा ९८०३३८८५८३ मा खबर गरिदिनको लागी आग्रह गरेका छन् ।





















प्रतिक्रिया