Logo

गण्डकी प्रदेश

केपी ओलीका खास मान्छे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यकक्षमै मदिरा भोजको आयोजना गरेपछि… ह्विस्कीको बोतलसहित



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री कार्यालयमै भव्य जन्मदिन मनाएका छन् । उनले आफ्नो जन्मदिनमा मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएको तस्व्रि र भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।

उनले रेडलेवल हुस्कीको बोटल मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन् भने अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका छन् ।

मुख्यमन्त्री गुरुङले जन्मदिनको अवसरमा आफ्नो इष्टमित्रलाई मदिरा भोज दिएका हुन् । उनले आफ्नो कार्यकक्ष भित्र टेवलमा रेड लेवल खोलेर चुस्की लिंदै गरेको तस्विर पनि बाहिरिएको छ । मुख्यमन्त्री गुरुङसंगै उनका कर्मचारीहरु सहित रेड लेवलको चुस्कीमा जन्मदिन मनाएका हुन् ।

गण्डकी प्रदेशका नेकपाका नेता समेत रहेका गुरुङले टेवलमा राखिएको मदिराको चुस्कीमा हास्दै गरेको तस्विर पनि सामाजिक सञ्जालमा भाईरल भएकाे छ । उनले आफ्नो पदको मर्यादा बाहिर गएर यस्तो हर्कत गरेको भन्दै सामाजिक संजालमा आलोचना भइरहेको छ । उनको यो हर्कतले गर्दा राजिनामा दिनुपर्ने माग समेत सामाजिक संजालमा देखिन थालेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार ११:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।