Logo

अनलाइनपाना खोज

‘रअ’को रणनिति र निधिको जालमा गच्छदार !



नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासमेत भारतीय दलालहरूको घेराबन्दीमा परेका पाटी भित्र र बाहिर चर्चा चल्न थालेको छ । जनकपुरको धनुषाका नेता विमलेन्द्र निधिले भारतीय सेवामा पुर्‍याएको योगदानको कदर काँग्रेसले कति गर्छ ?, १४औँ अधिवेशनमा छर्लङ्ग हुनेछ ।

कोइराला परिवारको काख पोल्टामा राजनीति गरेर मन्त्री पदबाट बढुवा हुँदै डा. बाबुराम भट्टराई प्रम बन्दा उपप्रम तथा गृहमन्त्री बनेका विजय गच्छदारलाई दशा त्यो बेला लाग्यो, जुन बेला उनले पार्टी फुटाएर फोरम लोकतान्त्रिकबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्न पुगे । ललिता निवास जग्गा प्रकरणमा माफियाहरूले उनलाई फसाए, बाटो बढाउने नाममा पैसा खाने तत्कालीन सचिव दीप बस्न्यात थिए । बस्न्यात अख्तियारको प्रमुख सम्म भए ।

उनले मच्चाएको लुटका बारेमा धेरै उल्लेख गर्न जरुरी छैन् । अहिले उनी फरार जस्तै छन् । विजय गच्छदार मधेसको भूमिपुत्र भएकाले थारू समुदायमा स्थापित थिए । पैसा यिनले नकमाएका होइनन् ।

जो निरन्तर सत्तामा रह्यो, १४ पटक मन्त्री बन्नु ख्यालठट्टा होइन । धैरै पटक मन्त्री बन्ने सुचीमा काँग्रेसबाट गच्छदारको नाम प्रथम स्थानमा सुरक्षित हुन्छ । उनी काँग्रेसमा सुरुक्क फिर्ता भए । अहिले कम्तीमा काँग्रेसजनहरु चिच्चाएका छन् । जितेन्द्र देव, रामजनम चौधरीहरूको पालो आउँदैनथ्यो ।

काँग्रेसमा उनीहरुले राम्रै स्थान पाएका छन् । अहिले एमाले त्यागेर मधेसी दलतिर लागेका जितेन्द्र देव राष्ट्रिय सभामा छन् । गच्छदार ललिता निवास प्रकरणमा निलम्बित छन् । १४औँ महाधिवेशनमा देउवापछिको उपसभापति पदको बन्दोबस्त मिलाउन विमलेन्द्र निधिले भारतीय गुप्तचर समूह ‘रअ’को सहारा लिएका हुन् ।

यहाँ प्रदीप गिरी, अमरेशकुमार सिंहसमेत एक भएका छन् । गच्छदारले प्रदेश– १ को सुनसरी, मोरङमा राजनीति गरे काँग्रेस उनको त्यहीँ छ । फोरममा भए पनि उनले काँग्रेसलाई बाइपास गरेनन् । काँग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय निधिको चलखेल रुचाएका थिएनन् ।

निधिलाई सभापति पदमा सिँगारेर ‘रअ’ द्वारा पालिएका नेताहरू विमलेन्द्र निधि, अमरेशकुमार सिंह, प्रदीप गिरी मात्र होइनन्, रामचन्द्र पौडेल, दिपकुमार उपाध्याय, अर्जुननरसिंह केसी, गगन थापासम्मलाई एक ठाउँमा ल्याउने ‘रअ’को तयारी छ ।

निधि देउवाविरुद्ध भिडेको खण्डमा निधिको प्यानलबाट गगन थापालाई कृष्ण सिटौलाले महामन्त्री पदमा प्रतिस्पर्धा गराउने भित्री योजना थियो । विजय गच्छदार ‘रअ’को खेलमा फसेका हुन् ,ताजाखबरमा उल्लेख छ । उनको राजनीति सिध्याउन विमलेन्द्र निधिले चलाखी गरेका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार १८:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।