हिमेश पन्त नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को विजेता बने । हरेक इपिसोडमा दमदार प्रस्तुति दिएर कमेडी शोलाई नै उचाइ दिएका थिए, सुमन कोइरालाले । ‘दले दाइ’ का रूपमा उनले गरेको प्रस्तुति निकै रुचाइएको पनि थिए । त्यस्तै, खड्गबहादुर पुन‘खबपु’ पनि फाइनलमा हिमेशको अगाडि टिक्न सकेनन् ।
तर, यो पहिलो कमेडी रियालिटी शो विवादमुक्त भने हुन सकेन । हिमेशलाई च्याम्पियन बनाइएकोमा कार्यक्रमस्थलमै बबन्डर मच्चियो । खड्गबहादुरका समर्थकले कार्यक्रमस्थलमा असन्तुष्टि पोखे । भोटिङमा धा“धली गरेर कमजोरलाई पहिलो बनाइएको आरोप उनीहरूको छ । १२ बजेसम्म भोटिङ लाइन खुला हुने सार्वजनिक जानकारी गराएर ४ बजेसम्म भोट हाल्न दिइएको भन्दै उनीहरूले कमेडी च्याम्पियनविरुद्ध नै नाराबाजी गरे ।
सामान्यतया रियालिटी शोमा प्रतियोगीले हासिल गरेको मत फाइनलमा सार्वजनिक गरिन्छ । तर, यसपटक बेइमानी गरेर प्रतियोगीले प्राप्त गरेको मत गुपचुप राखियो । नाराबाजीमा उत्रिएका खबपु पक्षधरले उनले पाएको मत हेर्ने माग राखेका थिए ।
आक्रोसित दर्शकले ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीलाई नै घेराबन्दी गरेका थिए । तर, जजमध्येका एक मनोज गजुरेलले सुझबुझ देखाउ“दैनथे भने अवस्थाले अप्रिय मोड लिन सक्ने अवस्था थियो । तर, मनोजले आयोजकका प्रतिनिधि विशाल र खबपुका समर्थकबीच कुराकानी गराएर मामला सल्ट्याएका थिए ।
सुरुमा खबपुका समर्थकले मत सार्वजनिक गर्नुपर्ने भनेर राखेको माग विशालले टार्ने प्रयास गरेका थिए । उनले मत सार्वजनिक गर्न नमिल्ने दलिल पेस गरेका थिए । तर, समर्थक नगलेपछि विशाल प्रतियोगीले प्राप्त गरेको मत सार्वजनिक गर्न बाध्य भएका थिए ।
स्रोतका अनुसार, खबपुलाई हिमेशले राम्रै भोटान्तरले उछिनेका थिए । सबै प्रतियोगीले प्राप्त गरेको मत विशालले सार्वजनिक गरेपछि भने खबपुका समर्थक शान्त बनेका थिए ।
पछिल्लो समय नेपाली टेलिभिजनहरुमार्फत विभिन्नखाले नयाँ नयाँ रियालिटी शो सार्वजनिक भइरहेका छन् । तर, यस्ता रियालिटी शोले अघि सार्ने प्रतियोगीको क्षमतालाई लिएर प्रश्न उठ्ने गरेको छ ।
खासगरी, आयोजकको स्वार्थमा राम्रालाई आउट गर्ने र नराम्रालाई क्रेन लगाएर तान्ने गरेको आरोप लाग्ने गरेको छ । धनको वर्षा गरेर गरिने भोटिङको विकृतिले पनि यस्ता रियालिटी शोको विश्वसनीयता गुम्दै जान थालेको छ ।
क्षमताले भन्दा पनि धनको तुजुकले उत्कृष्ट ठहर हुने गरेको आारेप लाग्दै आएको छ । पछिल्लो कमेडी रियालिटी शोमा पनि यही प्रवृत्ति हाबी भएको जानकारहरू बताउ“छन् । यसले रियालिटी शोबाट उत्कृष्ट छनोट गर्ने विद्यमान पद्धतिमै परिमार्जन गर्नुपर्ने आवश्यकता देखाएको छ ।





















प्रतिक्रिया