Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट डेढ करोडको मृत्यु हुनसक्ने



विश्वभर महामारी बनेको कोरोना भाइरसबाट डेढ करोडको मृत्यु हुनसक्ने अनुमान गरिएको छ । विश्वको आर्थिक क्षेत्रमा २० खर्ब ४० करोड डलर नोक्शान हुने प्रक्षेपण गरिएको छ । द अष्ट्रेलियन नेस्नल युनिभर्सिटीले गरेको अध्ययनबाट यस्तो अनुमान गरिएको हो । कोरोना भाइरस संक्रमणको सातवटा अवस्थाको अध्ययन गरी सँसारभर पुग्ने नोक्शानबारे अनुमान गरेको हो ।

सँसारका सबै देशहरु प्रभावित भइसकेको कोरोना भाइरसले बढी र घटी नोक्शान पुर्याउने बुझिएको छ । तर, सँसारभर कुल ग्राहस्थ उत्पादनमा गम्भीर पर्ने भनिएको छ ।

यसैगरी, अमेरिकामा मात्र कोरोना भाइरसको महामारीले २२ लाखको ज्यान जानसक्ने अनुमान गरिएको छ । इम्पेरियल कलेज अफ लण्डन कोभिड १९ रेस्पोन्स टिमको अध्ययन प्रतिवेदनले यो अनुमान गरेको हो । अमेरिकाले सवधानी अपनाएर कोरोना भाइरसको संक्रमणविरुद्ध कदम चाल्नुका बाबजुद मानिसहरुको मृत्यु नरोकिने भनिएको छ ।

चीनको वुआन क्षेत्रमा सन् २०१९ को अन्ततिर देखापरेको कोरोना भाइरस विश्वका सबैजसो देशहरुमा संक्रमण देखिइसकेको छ । विश्वमा झण्डै दुई लाख मानिसमा संक्रमण भएको पुष्टि भइसकेको छ । मर्नेको सख्या सात हजार नाघिसकेको छ । चीनमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । त्यसपछि इटाली र इरानमा बढी मानिसको मृत्यु भएको छ । युरोपमा महामारी बनेको छ । सिंगो युरोप नै बन्द गरिएको छ ।

कोरोना भाइरसको स्रोत पत्ता लाग्यो

कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको पोस्टमार्टम रिपोर्ट चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको छ । उक्त रिपोर्टमा भाइरसको स्रोत पत्ता लागेको जानकारी समेत राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार दिएको छ ।

रिपोर्टले संक्रमण कति मात्रामा फैलिएको, छातिमा परिवर्तन आएको र मायोकार्डियल सेलहरुलाई घटाउने गर्दछ । कोरोना भाइरसको संक्रमण मानिसको उत्सर्जन प्रणाली समेतमा देखा परेको जनाइएको छ ।

कोरोना भाइरस दुई प्रकारको रहेको चिनियाँ अन्वेषहरुले जनाएका छन् । एस टाईप र एल टाईप रहेको जनाइएको छ । अन्वेषहरुले एक सय तीन मासिनको परिक्षण गर्दा ७० प्रतिशतमा एस टाईपको जोखिमा रहेको छ भने ३० प्रशितमा एल टाईप देखिएको जनाइएको छ ।

एल टाईप एस टाईप भाइरस भन्दा अत्याधिक मात्रामा जोखिमपूर्ण रहेको जनाइएको छ । एस टाईपमा देखा परेको भाइरस चमेरो समेतमा देखा परेको विज्ञहरु बताउँछन् । एस टाईप भाइरस पूरानो संस्करणको रहेको विज्ञहरुले जनाएका छन् । चीनमा कोराना भइरसको संक्रमण फैलिरहेको अवस्थामा एल टाईप व्यापकमात्रामा फैलिएको जनाइएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरस रुस लगायत सय देशभन्दा बढी देशहरु संक्रमणमा परेको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालको घोषणा समेत गरिसकेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार १९:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।