Logo

समाचार

‘सेल्फ क्वारेन्टाइनमा’ कसरी बस्ने ? कोरोनाबाट यसरि बच्न सकिन्छ !



त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ एवम् सहप्राध्यापक डाक्टर सन्तकुमार दासले कोरोना रोकथामका लागि व्यक्तिगत प्रयास नै महत्वपूर्ण हुने बताएका छन् । यस्तो बेलामा सरकारले उपचारको नेतृत्व गर्ने भए पनि जनताको भूमिका महत्वपूर्ण हुने बताए । ‘सोसल डिस्टेन्सिङ मेन्टेन’ गर्नु सबैभन्दा महत्वपूर्ण हुनेसमेत उनले बताए ।

‘सार्वजनिक स्थानमा नजाने, धेरै मान्छे एक ठाउँमा भेला नहुने भनेर सरकारले पनि निर्देशन दिइसकेको छ । त्यसैले अत्यावश्यक काम छैन भने घरबाट बाहिर निसक्नु हुँदैन, ‘ उनले भने,’सकेसम्म सार्वजनिक सवारी साधनको प्रयोग गर्नु हुँदैन । प्रयोग गर्न परे पनि भीडभाड नभएको बसमा यात्रा गर्नुपर्छ ।’

रूघाज्वरो छ भने घरमै बसेर उपचार गर्नुपर्ने भन्दै डाक्टर दासले श्वास फेर्न गाह्रो भयो, खकार निस्कियो र खकारमा रगत देखियो अनि छाती कडा भयो भने स्वास्थ्य संस्थामा जान सुझाव दिए । यदि रूघाखोकी र ज्वरो आएमा घरमै आराम गर्ने र सिटामुल खान सकिने उनको भनाइ छ ।

‘यो रोग अस्पतालबाटै धेरै फैलिएको छ। यदि अत्यावश्यक छैन भने तपाईं अस्पताल नजानुस्,’ उनले भने,’सामान्य समस्याका लागि अस्पताल जान जरूरी छैन। यदि बिरामी छ भने एक जनामात्रै कुरूवा बसिदिनुस् । जसले गर्दा कोभिड -१९ को तयारी गर्न पाइयोस् ।’

कोरोना रोकथामका लागि ‘सेल्फ क्वारेन्टाइन’ उपयुक्त हुने भए पनि सबैले यस्तो गर्न सम्भव नरेहको उनले बताए । ‘हाम्रो सामाजिक बनावट हेर्दा सेल्फ क्वारेन्टाइन कठिन छ । कम्तिमा १ मिटरको डिस्टेन्ट मेन्टेन गर्नुपर्छ,’ उनले भने,’हाच्छिउँ र खोक्दा नाकमुख छोप्नुपर्छ। जथाभाबी अनुहार छुनु हुँदैन ।’

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार १९:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।