Logo

अन्तर्राष्ट्रिय

इटालीमा कोरोनाबाट एकैदिन ७९३ को मृत्यु



चीनमा कोरोनाका कारण शनिबार मात्रै थप ७९३ जनाको ज्यान गएको छ। शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु भएको थियो।

योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ। इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो।

मृत्युदरसँगै यहाँ संक्रमण दर पनि बढेको छ। पछिल्लो २४ घण्टामा यहाँका ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ।
स्थिति भयावह बनेपछि इटली सरकारले त्यहाँ थप कडाइका उपाय अघि सारेको छ। नयाँ नियमानुसार, सबै किसिमका खेल तथा शारीरिक गतिविधिमा रोक लगाइएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार १०:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।