प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको छायाँमन्त्री समेत रहेकी नेतृ तथा साँसद डा. डिला संग्रौलाले उखु किसानहरुले प्रतेक बर्ष आफूले बिक्री गरेको उखुको मूल्य नपाउदा माइतिघर मण्डलामा प्रदर्सन गर्न बाध्य भएको बताएकी छन् । यो देशमा सरकार छ र ? प्रती बर्ष माइतिघर मण्डलामा आउनु पर्ने बाध्यता किन शृजना गरिन्छ ? सामाजिक सञ्जाल फेबुकमा स्टाटस मार्फत नेतृ संग्रौलाले यस्तो बिचार व्यक्त गरेकी हुन् ।
उनले उखु किसानहरुले प्रत्येक बर्ष आफुले बिक्री गरेको उखुको मूल्य नपाउदा माइतिघर मण्डलामा प्रदर्सन गर्न बाध्य भएका छन् । ७ वटा चिनी उधोग किसानलाई करिब ९० करोड बक्योता तिर्न बाकी छ। ऋण काढेर उखु उत्पादन गर्नु अनि ऋण लिएर नै प्रदर्सनमा उत्रिन बाध्य हुनु पर्ने कस्तो बिडम्बना हो यो ? यो देशमा सरकार छ ररुप्रती बर्ष माइतिघर मण्डलामा आउनु पर्ने बाध्यता किन शृजना गरिन्छ ?
उखु किसानहरुले सरकारलाई कति बिन्ती बिसाउने हो ? उखु उध्योगका मालिकलाई खोइ कारबाही ? तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु भनी मिल मालिकसंग साटगाँठ त छैन रु ७० / ७५ बर्ष सम्मका वृद्ध उखु किसानहरुलाई यो जाडोमा कहिलेसम्म आन्दोलनमा उत्रन लगाउने रु यो त मरेकै दिन भो सरकार !
यस पालि पनि कुनै वाहान पारेर किसानलाई छक्याउने योजना छकी ? उखु किसानको शोषण विरुद्ध हामी सबै एकजुट होऔ र न्याय दिन कम्बर कसौं । सडकबाटै न्यायको लागि उद्घोष गरौं समेत भनेकी छिन् ।




















प्रतिक्रिया