Logo

समाचार

त्रिविले गर्यो नतिजा प्रकाशित ( बिएएलएलबी चौथो वर्ष (२०७६) को नजिता)



त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले ब्याचलर अफ आर्टस ब्याचलर अफ ल (बिएएलएलबी) चौथो वर्ष (२०७६) को नजिता सार्वजनिक गरेको जानकारी दिएको छ ।

चैत महिना हुने विश्वविद्यालयका परीक्षा स्थगित

अन्तिम घडिमा एसइई परीक्षा स्थगित गरेको सरकारले विश्वविद्यालयका परीक्षा पनि स्थगित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले जानकारी दिए अनुसार चैत महिना हुने विश्वविद्यालयका परीक्षा स्थगित गरिएको हो।

‘एसइईसहित सबै परीक्षा रोक्ने निर्णय भएको छ। हामीले सम्माननीय प्रधानमन्त्रीसँग छलफल गर्‍यौं’, उनले भने,‘जोखिम रोक्नको लागि यो निर्णय उचित हुन्छ भन्ने भयो।’ विद्यालय र विश्वविद्यालयका पठनपाठनसहित परीक्षा स्थगित कहिलेसम्म गर्ने भन्नेबारे परीक्षा बोर्ड बैठकले छलफल गरेर निर्णय गर्ने उनले बताए।

त्रिविले सार्वजनिक गरेको नतिजा हेर्नका लागि यहाँ थिच्नुहोला ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार १०:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।