सामाजिक उत्तरदायित्वको लागि मेगा पब्लिक स्कुल सदा तत्पर रहेको प्रीन्सिपल अमृत भण्डारीले जानकारी दिएका छन् ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९)को प्रभाव परिसकेकोले अब सरकार, निजी क्षेत्र र नेपाली जनताले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने र सचेतना अपनाउनुपर्ने बताएका छन् । उनले कोरोनाको पोजिटिभ केश देखिईसकेको र नेपालमा यसको महामारी रोक्नका लागि सरकारले चालेको कदमको स्वागत गरेका छन् ।
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई नेपालमा नियन्त्रणको लागि सराकारले गरेको अनुरोध साथै आफ्नो सस्थाको सामाजिक उत्तरदायित्वलाई मनन गर्दै आफूहरुले पनि महामारी नियन्त्रण अभियानमा सहयोगको लागि तार्केश्वोर नगरपालिकाका सम्पूर्ण जनसमुदायका लागि वडा नम्बर ८ शान्तिटोलमा अबस्थित मेगा पब्लिक स्कुल आवश्यक परेको खण्डमा आफ्नो बिधालयको खुला स्थान साथै पुरै भवन एकान्त बास (कोरेन्टाइन)को लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।




















प्रतिक्रिया