भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको अरु नै रोगका कारण मृत्यु भएको पुष्टि भएको छ। आज बिहान साढे ९ बजे मृत्यु भएका वीरगन्जका ३० वर्षीया ति युवकको रक्त अल्पत्ताका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको उपचारमा संलग्न चिकित्सक डा. भोजराज अधिकारिकाअनुसार मृत्यु हुने ती युवक उच्च ज्वरो र रुघाखोकीले ग्रसित ग्रसित थिए भने उनि पछिल्लो २ बर्षदेखि रक्त अल्पत्ताका बिरामी थिए।
अस्पतालकाअनुसार कोरोना भएको आशंकामा उपचारका लागि राति अस्पतताल आइपुगेका ति युवकलाई राति १० बजे भर्ना गरिएको र राति नै उनको स्वाब (नमुना संकलन) परिक्षणका लागि काठमाडौं पठाइएको थियो । १० गते दिउँसो ति युवकको स्वाशप्रश्वासमा समस्या आएपछि उनलाई आइसीयुमा राखिएको थियो ।
समस्या बढ्दै जाँदा र स्वास्थ्यमा सुधार नहुँदा आज बिहान साढे ९ बजे मात्रै अस्पतालले ति युवकको मृत्यु भएको घोषणा गरेको डा भोजराज अधिकारिले जनाएका छन । ति युवकमा कोरोना संक्रमण भए नभएको विषयमा भने रिपोर्ट आउन बाँकी नै रहेकाले ति युवकको मृत शरीर सुरक्षित साथ आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ।




















प्रतिक्रिया