Logo

कोशी प्रदेश

समाजसेवि महेश रेग्मिद्वारा १ सय बाेरा चामल र नगद १ लाख सहयाेग



लक डाउनकाे समयमा दैनिक ज्यालादारी गरी परिवार चलाउने तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई उदयपुरका समाजसेवी महेश रेग्मिले खाद्यान्न र नगद सहयाेग गर्नु भएकाे छ ।

उदयपुरकाे त्रियुगा नगरपालिका ११ निवासि रेग्मिले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको दैनिकीमा सहज पुर्याउने उदेस्यले उदयपुरकाे कटारी नगरपालिकामा १०० बाेरा चालम र बेलका नगरपालिकामा नगद १ लाख सहयाेग गर्नु भएकाे हाे ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण दैनिक गुजारा चलाउन मुस्किल परेका व्यक्ति तथा परिवारलाई सहज पुर्याउने उदेस्यले पालिकाहरूलाई सहयाेग गर्नु भएकाे हाे ।

सरकारले जारी गरेको लकडाउनका कारण दिनभरी मजदुरी गरेर छाक टार्नेहरु बढी प्रभावित भएका छन उनिहरूलाई नै सहयाेग पुर्याउने उदेस्यले सहयाेग गरिएकाे रेग्मिकाे भनाई छ । रेग्मिले यस अघि पनि जिल्लामा थुप्रै सहयाेग गर्दै अाउनु भएकाे छ । रेग्मि उदयपुरका चर्चित समाजसेवि हुनुहुन्छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार १८:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।