वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएका एक जना युवतीको मृत्यु भएको छ । वीर अस्पतालको निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।
उनी चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ कि भएको खुलेको हो । उनी भारतबाट यही साता नेपाल आएकी थिइन् ।
उनलाई ज्वरो पनि थियो, स्वास फेर्न पनि गाहो भइरहेको वीर अस्पतालले जनाएको छ । कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाइएको छ ।
कोरोना आशंकामा पाटन अस्पताल भर्ना गरिएका बिरामीको मृत्यु
कोरोना आशंकामा पाटन अस्पताल भर्ना गरिएका एकजना बिरामीको सोमबार मृत्यु भएको छ । उनको परिक्षणको रिपोर्ट भने आइपुगेको छैन । अस्पतालका निर्देशक प्रा। डा। विष्णु शर्माले सो अस्पतालमा कोरोनाको आशंकामा तीनजनालाई आइसोलेसनमा राखिएको मात्र बताए । ३६ वर्षका ती बिरामी भारतबाट फागुन १४ गते आएका थिए । उनको आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले बतायो।
धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको ३ बजे रिपोर्ट आएपछि मात्र मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ । उनका पिताका अनुसार ती बिरामीलाई आइतबार ४ बजे अस्पताल ल्याइएको थियो ।
उनलाई आईसीयूमा भर्ना गरी उपचार गरिएको थियो। १६ वर्षमै भारतीय सेनामा भर्ती भई १८ वर्षदेखि कार्यरत् उनलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौं पठाइएको थियो।




















प्रतिक्रिया