Logo

गण्डकी प्रदेश

रहात बाँड्न गएकाले सर्बसाधारणलाई कुटेपछि…



स्याङजाको चापाकोट नगरपालिकामा रहात बितरण गर्न नगरप्रमुख सँगै गएका युवहरुले एक जना सर्बसाधारणलाइ कुटपीट गरेका छन् । कोरोना भाइरसको कारण लकडाउन भएपछी बिहान बेलुका खान धौ धौ भएका परीवारलाइ रहात बितरण गर्न चापाकोट नगरपालिका नगरप्रमुख सहित युवाहरुको समुह वडा नं ६ मोहमी गएको थियो ।

सोही गाउँका २३ बर्षिय सुमन बिकले रहात बितरण प्रकृया माथी प्रश्न उठाएका थिए । उनले २५ किलो चामलले ५ परीवारलाइ के पुग्छ र ? भन्ने प्रश्न गरेका थिए । सोही प्रश्न गरेको निहुँमा उनलाइ हातपात गरीएको पीडीत बिक बताउँछन् । उनको ओँठमा चोट लागेको छ । बिक भन्छन् , ‘मैले नराम्रो कुरा गरेको होइन । २५ किलोकाे एक बोरा चामलले गाउँका ५ परीवारलाइ के पुग्छ छ भनेको थिएँ । मेयर साबसँग आएका युवाहरुले कुटे ।’ उनको ओँठमा चोट लागेको छ ।

यता नगरप्रमुख शिब कुमार गिरीले भने कसैले हात नहालेको तर आफ्ना भाइहरुले सम्झाइ बुझाइ गरेको बताउँछन् । मेयर गिरी भन्छन् , ‘रहात बितरण कार्यक्रममा बिरोध गरेका थिए । मेरा भाइहरुले बिक भाइलाइ सम्झाएको मात्र हो । हातपात भएको छैन ।’

कोरोना भाइरसले मुलुकनै अस्तव्यस्त भैरहेको बेला रहात बितरण गर्न गएका स्थानिय सरकारका प्रमुख सहितको टोलीले सर्बसाधारण माथी हातपात गर्नु निकै दुखदायी भएको स्थानियबासीको भनाइ छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार १५:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।