Logo

आजबाट नेपाल-भारत नियमित उडान हुँदै



 कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल-भारत हवाई उडान ९ महिनामा आज सुरू हुँदैछ ।कोभिड-१९ का कारण बन्द रहेको हवाई उडान एयर बबल ट्राभल सम्झौताका आधारमा खोल्न दुवै देश सहमत भएपछि आज नेपाल एयरलाइन्सले दिल्लीका लागि पहिलो उडान गर्दैछ ।

नेपाल एयरलाइन्सले साढे ११ बजे दिल्लीका लागि उडान गरे पनि एयर इण्डियाले भने डिसेम्बर २७ बाट मात्रै उडान गर्ने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले खबरहबलाई  जानकारी दिए ।

‘९ महिनामा नेपाल-भारत नियमित उडान हुँदैछ, यात्राका लागि कुनै रोकटोक छैन तर पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ,’ उनले भने । यात्रु संख्यामा पनि कुनै सीमा नतोकिएको उनले जनाए ।

नेपालले डेढ साता अघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको थियो । भारतले भदौ ७ गते नेपाललाई एयर बबल ट्राभल सम्झौताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो ।

भारतले अहिले २१ वटा मुलुकसँग ‘एयर ट्राभल बबल’ अन्तर्गत २१ मुलुकसँग दुईपक्षीय उडान सम्झौता गरिसकेको छ। हाललाई नेपाल एयरलाइन्स र एयर इण्डियाका दुई वटा नियमित उडान हुनेछन् । केही समयपछि उडान संख्या बढाउँदै लाने तयारीसमेत भएको उनले जनाए । दिल्ली-काठमाडौँ नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्न अप्ठ्यारो हुँदै आएको थियो ।

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार ०९:४४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।