कोरोनाको भाइरस (कोभिड–१९)को उद्गम देश चीनमा थप १ हजार २ सय ९० जना मानिस कोरोनाको भाइरसको संक्रमणबाट मृत्यु भएको नयाँ तथ्यांक सार्वजनिक भएको छ । बिहीबारसम्म ‘वल्र्ड ओ मिटर’मा चीनमा मृतकको संख्या ३ हजार ३ सय ४३ जना रहेको भए पनि शुक्रबारको तथ्यांकमा ४ हजार ६ सय ३२ पुगेको छ ।
एक्कासी यतिका संख्यामा मृतक बढ्नुको कारणबारे चिनियाँ संचारमाध्यामहरुले यसअघिको गणनामा छुटेकाहरु भनेका छन् । यसअघिको गणनामा कोरोनाको उद्गमस्थल वुहानमा घरैमा मृत्यु भएकाहरुको संख्या छुटेको ती संचारमाध्यामहरुमा उल्लेख छ ।
कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि अस्पतालहरुले थेग्न नसक्दा सहित तथ्यांक सार्वजनिक गर्न नसकेको र हाल अवस्था सामान्य बन्दै गएपछि यो तथ्यांक निकालेको ति संचारमाध्यामहरुमा उल्लेख छ ।
यससँगै वुहानमा कोरोना संक्रमतिको संख्या ५० हजार ३३३ पुगेको छ । त्यस्तै, चीनमा संक्रमतिको संख्या ८२ हजार ६९२ पुगेको छ । शुक्रबार मध्यान्हसम्म चीनमा थप ३५१ जनामा कोरोनाको संक्रमण देखिएको छ । एजेन्सी




















प्रतिक्रिया