Logo

हामीले ८० करोडको राहत बाँडिसकेका छौं, त्यो नाटक मञ्चन हो र ? : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले ८० करोड रुपैयाँ बराबरको राहत वितरण गरिसकेको बताएका छन् । कोरोना भाइरसको समयमा समस्यामा परेका नागरिकलाई मध्येनजर गर्दै सरकराले ८० करोड बराबरको राहत वितरण गरेको बताएका हुन् ।

उनले सोमबार पत्रकारहरुसँग कोरोनाको बारेमा कुराकानी गर्दै सरकारले देशभर सो रकमको राहत वितरण गरिसकेको बताएका हुन् । सरकारले सबै नागरिकसमक्ष राहत वितरण पुगाएको उनको भनाइ छ ।

हामीले सबैसमक्ष राहत पुर्याएका छौं, हामीले राहतमा तलमाथि गरेका छैनौं, यसका लागि सरकार पूर्ण रुपले लागि रहेको छ,’उनले भने ।कोरोना भाइरसको समयमा नागरिकलाई समस्या हुन नदिनका लागि विभिन्न ठाउँमा खरिद केन्द्र स्थापना गर्ने, ।

इन्डक्सन चुलोलाई बढी जोड दिने र वस्तुको खरिद मूल्य बढ्न नदिने उनको भनाइ छ । उनले यो समयमा ६र७ लाख मानिस उपत्यका बाहिर बाहिर गएकोले र ग्याँसको खपत घटेकोले ग्यासको समस्या पनि नहुने बताए ।

दैनिक उपभोग्य वस्तुमा कमि हुन दिन छैनौं, यो समय बाली भित्र्याउने समय भएकोल विकट क्षेत्रमा पनि खाद्यान्न अभाव हुने अवस्था छैन, । कुनै पनि वस्तुको अभाव हुँदैन,’ उनले भने ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार १२:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।