Logo

अर्थ

मौद्रिक नीति अब साउन १ गते नै पेश हुने



काठमाडाैं । अबदेखि साउन १ गते मौद्रिक नीति पेश हुनुपर्ने व्यवस्था गर्न अर्थ समितिले सहमति जनाएको छ ।

संघीय संसदअन्तर्गतको अर्थ समितिको सोमबार (आज) बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि दफावार छलफलका क्रममा अर्थ समितिले यस्तो निर्णय गरेको हो ।

यस व्यवस्थालाई कार्यान्वयनमा ल्याउनका लागि नेपाल राष्ट्र बैंक ऐनमा आवश्यक संशोधनको निर्णय गरिएको छ ।

यसअघि मौद्रिक नीति जारी हुने निश्चित तिथि तोकिएको थिएन, जसका कारण आर्थिक वर्ष सुरु भइसक्दा पनि बजेट कार्यान्वयन र वित्तीय क्षेत्रका नीतिगत स्पष्टतामा ढिलाइ हुने गरेको थियो । ऐन संशोधन गरी साउन १ गतेको समयसीमा तोकिएपछि आर्थिक वर्षको पहिलो दिनबाटै बजेट र मौद्रिक नीति एकसाथ कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार १६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।