Logo

समाचार

कोरोना भाइरसको औषधि नेपालमै पत्ता लगाएको दावी



कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व थलिएको छ । लाखौँको ज्यान गएको छ भने लाखौँ मानिस संक्रमित भएका छन् । यस्तो अवस्थामा कोरोना नियन्त्रणका लागि विश्वभरी प्रयास भइरहेका छन् । यही बेला नेपालबाटपनि विश्वलाई खुशी दिने एक प्रयास बाहिर आएको छ ।

महेन्द्रनगर स्थित आयुर्वेदिक औषधालयका योग प्रशिक्षक तथा परम्परागत वैद्य सहायक आर के थापाले आफुले कोरोना बिरुद्धको औषधि पत्ता लगाएको दावी गरेका छन् । उनले पत्रकार सम्मेलन गरेर नै पहिलेदेखि नै गरिरहेको खोजमा केही थप गरेर औषधि बनाएको दावी गरेका हुन् । उनले आफुले बनाएको औषधिले ।

एक हप्ताभित्र कोरोना भाइरस पोजेटिभ भएकालाई नेगेटिभ बनाउँने दावी समेत गरे । साथै औषधिको सेवनले कोरोना संक्रमण नसर्ने उनको दावी छ । उक्त औषधि मानवमा परीक्षणका लागि अनुमति दिन । र यो कुरालाई गम्भीरताका साथ लिन उनले सरकारलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार १३:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।