आज मध्य र पूर्वका तराई क्षेत्रमा अलि शक्तिशाली खालको हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएबो छ। मौसम पूर्वानुमान महाशाखा दिउँसो १र२ बजेपछि मौसम बदली भई देशका मध्य र पूर्वका धेरै स्थान तथा पश्चिमका थोरै स्थानमा हावाहुरी मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ।
पहाडी भेगअन्तर्गत आज काठमाडौं पनि हावाहुरीरचट्याङसहित असिना पानी पर्ने सम्भावना छ। तर तराईको तुलनामा पहाडी क्षेत्रमा अलि कमजोर खालको हावाहुरीरवर्षाको सम्भावना रहेको छ।
स्थानीय वायु र पश्चिमी वायु मिसिनुका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत आइरहेकाले मौसम बदली गराउने प्रणाली शक्तिशाली बनेको महाशाखाको भनाइ छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मौसमको अवस्था आगामी आइतबारसम्मै यस्तै रहने देखिएको छ।




















प्रतिक्रिया