Logo

विविध

ग्रिनहिल सिटी समाज मुलपानीद्धारा दैनिक भोजन वितरण



ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा न.पा. वडा नम्बर ६, मुलपानीद्धारा लकडाउनको विषम परिस्थितिमा विपन्नवर्ग, दैनिक ज्यालादारी काम गर्ने मजदुरहरुलाई नजिकैको शिव पंचायन मन्दिरमा दैनिक भोजन बनाएर कोलोनीको मुल गेटमा भोजन वितरण गरिरहेको छ ।

कोलोनिमा बसोबास गर्नुे महानुभाबहरुको सहयोगमा बैशाख १३ गते देखि दैनिक पांच सय जनासम्मलाई भोजन खुवाउने लक्ष्य राखिएको समाजका अध्यक्ष बिश्वराज पौडेल(किरण)ले बताए । उाले सो कार्यमा कागेश्वरी मनोहरा न.पा.–६ र गोकर्णेश्वर न.पा.–७ ले स्वयमसेवा गरिरहेको पनि बताए ।

बि.स.२०६८ सालबाट ग्रिनहिल सिटी कोलोनीको रुपमा बिकास भईरहेको आवास क्षेत्र देशका विभिन्न जिल्लाबाट आई विभिन्न पेशा ब्यवसाय अंगाल्ने मानिसहरुको बसोबास भईरहेको सम्भवतः देशकै ठूलो र व्यवस्थित कोलोनी हो । करिब ३२० रोपनी जग्गामा फैलेको ८ सयसम्म घर रहने यो कोलोनमिा हाल करिब ४५० भन्दा बढी घर तयार भई मानिसहरु बसोबास गरिरहेका छन् । बाकी घरहरु निर्माणधिन अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आईतवार १३:१९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।