Logo

सिटिजन्स म्युचुअल फन्ड १ र २ को लाभांश घोषणा, कुनको कति ? 



सिटिजन्स म्युचुअल फन्ड १ र २ ले लाभांश घोषणा गरेका छन् । सिटिजन्स म्युचुअल फन्ड १ ले १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्नेछ । यस फन्डले १२ करोड ३० लाख रुपैयाँ लाभांश वितरणमा खर्च गर्नेछ । यो म्युचुअल फन्डहरुले हालसम्म घोषणा गरेको मध्ये सबैभन्दा धेरै लाभांश हो । यसैगरी, सिटिजन्स म्युचुअल फन्ड २ ले इकाइधनीलाई करसहित १० प्रतिशत लाभांश वितरण गर्नेछ ।

यसले ५ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । दुवैले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट प्रतिफल वितरण गर्न लागेका हुन् । योजना व्यवस्थापक सीबीआइएल क्यापिटल लिमिटेडको भदौ २९ बसेको सञ्चालक समिति बैठकले इकाईधनीलाई उक्त लाभांश घोषणा गरेको हो ।

mutual.jpg 

प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार  १२ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।