Logo

कोशी प्रदेश

आगलागीमा परी मृत्यु तथा घाइते



मोरङ जिल्लाको बिराटनगर महानगरपालिका-१४ झट्याई बस्ने राजेश दाश तत्माको घरमा बालेको घुरबाट शनिबार राति आगलागी हुदाँ आगोमा जलेर राजेशको छोरा १४ बर्षीय रबिन दाश तत्माको मृत्यु भएको छ । साथै सोही आगलागीमा जलेर घाइते भएका २ जनाको कोशी अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचर, नगद गरी करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयबासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ पुष २०७७, आईतवार १२:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।