Logo

अन्तर्राष्ट्रिय

ऐश्वर्या राय र उनकी छोरी आराध्या काेराेना मुक्त



कोरोना संक्रमणपछि अस्पताल भर्ना भएको ११ औं दिनमा अभिनेत्री ऐश्वर्या राय र छोरी आराध्या अस्पतालबाट डिस्चार्ज भएका छन् ।जुलाई १२ मा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको श्रीमान् अभिनेता अभिषेक बच्चनले ऐश्वर्या र छोरी आराध्याको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएको सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिएका छन् ।

अभिषेकले लेखेका छन्, ‘तपाईहरुले दिएको शुभकामनालाई विशेष धन्यवाद’ । सधैंभरि यसको लागि आभारी छु। राम्रो भएको छ ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालले डिस्चार्ज गरेको छ । उनीहरु घरमा बस्छन्। म र मेरा पिता अस्पतालको अस्पतालको स्वास्थ्यकर्मीको निगरानीमा रहनेछौं ।  अमिताभ र अभिषेक १७ दिनदेखि अस्पतालमा छन् । उनीहरुमा कोरोना पोजेटिभ आएपछि ११ जुलाईमा अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार ०९:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।