Logo

कर्णाली प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाका वडाध्यक्ष र सरकारी कर्मचारीलाई कोरोना संक्रमण



बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाका वडाध्यक्ष र सरकारी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, सोमबार बिहान भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा नेपालगन्ज १ का ४७ वर्षीय पुरुष र नेपालगन्जका ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये, एकजना नेपालगन्ज उपमहानगरपालिकाका एक वडाध्यक्ष र अर्का नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितमध्ये, वडाध्यक्षलाई ज्वरो तथा श्वासप्रश्वास सम्बन्धि लक्ष्ण देखिएको र सरकारी कर्मचारीमा कुनैपनि लक्ष्ण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरू दुबैलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचार हुनेछ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार १०:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।