Logo

गण्डकी प्रदेश

विश्वकै लामो झोलुङे पुलमा तीन महिनामै समस्या आयो



पर्वत र बागलुङ जोड्ने विश्वकै लामो झोलुङे पुल निर्माण सम्पन्न भएको ३ महिना पनि नपुग्दै हल्लिन थालेको छ ।

हल्लिएको गुनासो आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा टाई थप्ने भएको छ ।

कालीगण्डकी नदिमाथि निर्माण गरिएको बागलुङ नगरपालिका–१ बांगेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुल सर्वसाधरणको लागि खुला गरिएको केहि समय नहुँदै जीर्ण बनेको हो । पुलको क्षमता ६१२ जना अर्थात ८५ मेट्रिक टन छ । निर्माण कम्पनीले नगरपालिकालाइ हस्तान्तरण नगर्दै अत्याधिक हल्लिने भएपछि पुर्ननिर्माणको काम थालिएको छ ।

करिब १३० मिटर अग्लो झोलुङे पुल गत वैशाखमा नै निर्माण सम्पन्न भएको थियो ।।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार ०९:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।