Logo

राजनीति

कांग्रेसकाे आन्दोलनले डरायो ओली सरकार, रातारात सच्चियाे निर्णय



सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल संघीय सरकार मातहत राख्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको विरोधका कारण सो अस्पताल संघीय सरकार मातहत राख्ने निर्णय गरेको हो ।

पार्टीका पूर्व सभापतिद्वयको नाममा स्थापना भएका अस्पताल सरकारले खारेज गर्ने षड्यन्त्र गरेको भन्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेसका पूर्व सभापति स्व। गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगञ्जलाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको हो ।

यसअघि २ वटै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय भएकाो थियो । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सो विषयमा आइतबार राति प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्ताका क्रममा नेताहरुको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्ने सहमति भएको हो । सहमति अनुसार नै मन्त्रिपरिषद बैठकले दुवै नेताको नाममा रहेको अस्पताल केन्द्र सरकारको मातहत राख्ने निर्णय गरेको कांग्रेस उच्च श्रोतले बताएको छ ।

प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार  १२ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।