Logo

राजनीति

ओलीका अरिङ्गालको यस्तो ईलम ! फोटो बिगार्दै, प्रोपोगाण्डा मच्चाउँदै



केहिअघि प्रधानमन्त्री एवं (ने.क.पा.) का अध्यक्ष केपी ओलीले आफ्ना कार्यकर्तालाई विपक्षीविरुद्ध ‘अरिङ्गाल’ बनेर जाईलाग्न निर्देशन दिए ।

लगत्तै ‘ओलीका अरिङ्गालहरु’ले सामाजिक सञ्चालमा मच्चाएको प्रोपोगाण्डा उदेकलाग्दो छ । हाल यस्ता ‘अरिङ्गाल’बाट प्रतिपक्षी कांग्रेस नेताहरुको फोटो कम्प्युटरबाट बिगार्दै चरित्रहत्यासम्मको काम भईरहेको छ ।

कानूनअनुसार यस्ता अपराधीहरुलाई साईबर कानूनअनुसार खोरमा जाक्नुपर्ने हो । तर, ओलीको प्रत्यक्ष निर्देशनमा यस्तो काम भएपछि अहिलेसम्म प्रहरीले कारबाही गर्न सकेको छैन ।

सत्ताधारीका कार्यकर्ताहरुले पटकपटक नेपाली कांग्रेसका यूवा नेता गगन थापाको लोकप्रियतालाई ध्वस्त पार्ने असफल प्रयास गरिरहेका छन ।

पछिल्लोपटक प्रदीप पौडेललगायत साथीहरुसँग चिया खाईरहेको फोटोलाई बिगारेर वियरका क्यान र रक्सी भरिएको गिलास देखिने फोटो सार्वजनिक गरेका छन ।

प्रकाशित मिति : माघ १६, २०७५ बुधबार  ३ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।