Logo

खेलकुद

यूएईविरुद्धको दोस्रो टी–२० : सन्दीपको शानदार बलिङ, लगातार लिए यूएईको दुई विकेट



यूएईविरुद्धको दोस्रो टी–२० शृङ्खलामा सन्दीप लामिछानेले लगातार दुई विकेट लिँदै नेपाललाई चौथो  सफलता दिलाएका छन् ।

टिमको छैटौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पाँचौ बलमा शैमान अनवरलाई आउट गरे । अनवर ११ बलमा १४ रन बनाएर खेलिलरहेका थिए ।

अन्तिम बलमा पनि सन्दीपले व्यक्तिगत दोस्रो विकेट हात पारे । दोस्रो विकेटको रुपमा मोहमद उस्मानलाई आउट गरेका थिए ।त्यसअघि सुरुका दुई विकेट सोमपाल कामीले लिएका थिए ।

पहिलो ओभरको अन्तिम बलमा सोमपालले अस्फाक  अहमदलाई आउट गरेका सोमपालले तेस्रो ओभरको तेस्रो बलमा गुलाम सबेरलाई पेभेलियन पठाए ।  ताजा अवस्थामा यूएईले ८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ४० रन बनाएको छ ।

तीन खेलको शृंखलामा १–० ले अग्रता बनाएको यूएईले आज टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार  १० : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।